प्रेम के हो, कुन हर्मोनले मानिस प्रेममा पर्छ ? प्रेम के हो, कुन हर्मोनले मानिस प्रेममा पर्छ ?

प्रेम एउटा यस्तो भावना हो, जुन हरेक मान्छेले आफ्नो जीवनकालमा आभाष गरेको हुन्छ। प्रेम गर्नेहरु प्रेमलाई संसारकै उच्च र पवित्र भावना ठान्छन्। प्रेमलाई शब्दमा वर्णन गरेर सीमित राख्न सकिँदैन। प्रेमलाई मनैबाट आभाष गर्नुपर्छ। प्रेम निमन्त्रणा गरेर आउँदैन। व्यक्तिलाई थाहै हुँदैन कतिबेला कुन समयमा ऊ कसलाई प्रेम गर्न थाल्यो भनेर। यो त समयसँगै जतिबेला जुन पनि समयमा जस्तो व्यक्तिसँग पनि हुन सक्छ।

प्रेमले जातभात, कालोगोरो, मोटो पातलो केही पनि भन्दैन। बस्, यसले त मनको भावना बुझ्ने र साट्ने साथी मात्रै खोज्छ। त्यसैले ७२ प्रतिशत मानिसहरु पहिलो नजरको प्रेममा विश्वास गर्ने मानिन्छ। प्रेममा मन र मस्तिष्क बीच ठूलो युद्ध चलिसकेपछि अन्तमा मनले नै जित्छ। प्रेम यही दुई बीच युद्ध भएपछि शुरु हुन्छ।

सन् १९९० तिरको कथा हुनुपर्छ सुम्निमा र अनन्तको पहिलोचोटी भेट हुन्छ। सायद दुवै कुनै दिन एक अर्कालाई प्रेम गर्न पुग्छौं भन्ने कुरादेखि अञ्जान थिए। अझ रोचक त के छ भने एकअर्कालाई भेट्दा उनीहरु दुवै विवाहित थिए। समयले उनीहरुको भेट गराउँदै गयो। धेरैजसो भेटिँदा बोलीचाली शुरु भयो। अनि बिस्तारै उनीहरु नजिकिँदै गए।

सुम्निमालाई आफै पनि आभाष भइरहेको थियो। यसरी अनन्तको नजिकिनु न समाजले स्वीकार्छ न जायज नै छ। त्यसपछि उनी आफ्नो बाटो बदलेर अनन्त नहिड्ने बाटो हिड्न थाल्दछिन्। कताकता सुम्निमालाई नदेख्दा अनन्तलाई उसको कमी महशुस हुन थाल्दछ। हप्तौं नभेटेपछि अनन्तलाई सुम्निमालाई भेट्न मन लाग्छ। अनन्त सुम्निमालाई भेट्न उसको घरको बाटो हिड्न थाल्छ। सुम्निमा अनन्तसँग भनि राख्थिन्, ‘यसरी नजिकिनु गलत हो। हामी टाढिनुपर्छ।’

तर, अनन्त सुम्निमादेखि टाढिन चाहँदैनथ्यो। अनन्तलाई घर समाजको डर थिएन। ऊ भन्ने गर्थ्यो, ‘विवाह बन्धन हो।’ समाजलाई देखाउन भए पनि उनीहरु केही समय संयम भए। केही समय यसरी नै बित्यो। आखिर कति दिन भाग्न सक्थी र सुम्निमा। उसको मनमा लुकेको प्रेम केही गरी लुकाउन सकिन। उसको मनमा लुकेका डर र भय सबै प्रेममा परिवर्तन भयो। अन्तमा दुवै एकअर्काको प्रेम स्वीकार्छन्। सुम्निमाको जीवनमा अनन्त परपुरुष थिए। उता अनन्तका निम्ति सुम्निमा परस्त्री। यी दुई बीचको प्रेमलाई न सामाजिक डरले रोक्यो, न पहिलो विवाहले नै।

हामी प्रेमलाई जीवनको विभिन्न समयमा आभाष गर्न सक्छौं। जस्तो सुख दुःखमा। प्रेमलाई व्यवहारको रुपमा हेर्न सक्छौ। जस्तै प्रेमलाई सबैले एउटै किसिमको आभाष गर्दैन। हरेक व्यक्ति यसलाई फरक शैलीमा आभाष गर्दछन्। प्रेमलाई न त शब्दमा नै वर्णन गर्न सकिन्छ। मानव समाजमा मात्र होइन हरेक सजीवहरुको संसारमा प्रेमको महत्व छ। उनीहरुको प्रेम दर्शाउने आफ्नै शैली छ।

विज्ञानको नजरमा प्रेम एक शक्तिशाली र स्थायी न्युरोलोजिकल कन्डिसन हो। प्रेम एक रसायन हो, जसलाई हामी समात्न सक्दैनौं। अभिलाषा र प्रेम फरक कुरा हो। अभिलाषा क्षण भरको आकर्षण र चाहना हो, जसले मानव शरीरमा Estosterene, oestrogen को मात्रा बढी र केही समय कम पनि हुन्छ। तर, जब प्रेम हुन्छ, तब मानव मस्तिष्कले सबै किसिमका हर्मोन उत्पादन गर्दछ, जसलाई विभिन्न किसिमले महशुस गछौं।

Oxytocin, dapamine and serotonin जस्ता हर्माेनलाई happy harmones भनिन्छ। जव हामी कुनै व्यक्तिप्रति आकर्षित हुन्छौं, त्यतिबेला हाम्रो मस्तिष्कबाट dopamine harmones निस्कन्छ भने serotonin को मात्रा बढ्छ र oxycontin hormones को उत्पादन हुन्छ।

यसले अर्को व्यक्तिप्रति सकारात्मक भावना उत्पन्न गराउँछ। त्यसैले love hormone भनेर Oxytocin लाई बुझिन्छ। मानवको सामाजिक व्यवहारमा Oxytocin केही सकारात्मक तथ्यहरु यस्ता छन्। यस हर्माेनले आनन्द र विश्वासका साथै चिन्ता र तनाव पनि कम गरेको पाइन्छ।

Oxytocin ले कसरी मानव व्यवहारमा सकारात्मक प्रभाव पार्दछ ? Oxytocin ले मानवको शररिलाई धेरै किसिमको भावना र सामाजिक अवस्थालाई सहजै स्वीकार्न मदत गर्दछ। Intoxsal oxytocin ले चाहिँ सिधै आफ्ना जीवन साथीसँग बहस गर्दा सकारात्मक रुपमा सञ्चार माध्यमको काम गर्दछ। २०१० मा गरिएको अनुसन्धान अनुसार intoxnasal oxytocin ले मानिसलाई सहज रुपमा सामाजिक व्यवहार बुझ्न मद्दत गर्दछ।

नेपाली साहित्य इतिहासमा थुपै्र प्रेमकथा, उपन्यास छन्। जसमा प्रेमलाई वर्णन गरिएको छ। जस्तै : वसन्ती, सुम्निमा, मुनामदन, अलि पुराना उपन्यास हुन् भने समर लभ, मनसुनमा आधुनिक शैलीका प्रेम कथाहरु उतारिएका छन्। यिनीहरु केवल साहित्य मात्र होइनन्, मानव शरीरमा उत्पन्न हुने रसायनका विम्बात्मक अभिव्यक्ति पनि हुन्।

 

Syania singing “Tutnu Thiyo Tutyo Mutu ” in her melodious voice. If you want her to win the competition, do not forget to vote for her by clicking the “Vote/Like”

DCnepal’s Got Talent is one of the most popular segments in DCnepal.com. Everyday DCnepal receives handful of requests from the viewers living all around the world with requests to publish their songs on the site. Not only Nepalese but also foreigners have shown keen interests in singing Nepali songs, and they send their videos to DCnepal.com regularly. A lot of them are widely known in DCnepal’s Got Talent community because of their outstanding singing skills.

Since the inauguration of Got Talent, the popularity of the segment has continuously ascended. The request from viewers to publish their videos on Got Talent has never been so demanding. DCnepal has a very stronghold outside of Nepal. There are many talented artists who are living abroad and were unable to reach out to the public due to a lack of proper platform. With DCnepal’s Got Talent, these artists have now found that missing link and are able to show case their talents in public. With DCnepal’s over 2.3 million Facebook fans, these local talents can easily reach out to millions of people around the world with a click of a button and all free of cost.

In this video, we can see one of the participants, Syania , is singing a popular nepali song “Tutnu Thiyo Tutyo Mutu ”. The song was originally Sudip Giri . Syania has sung this song so well .  If you liked her voice and want to see her winning October  2016 competition, please give her your support by clicking the “Vote/Like” button located right underneath the video. There are 15 contestants fighting for the top spot; she might just be the lucky one!

 

थारु गीत : रिमझिम रिमझिम [भिडियाे]

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

tharu-song

निश्मा चौधरीलाई भोट गर्नुस् ~मिस नेपालले आजैदेखि एसएमएस भोटिङ लाइन सुरु गरेको छ। निश्मा चौधरीलाई भोट गर्न तपाईँको मोबाइलको म्यासेज बक्समा गएर MN टाइप गरेर स्पेस दिनुस् र ११ थिचेर ३६२६ मा पठाउनु सक्नुहुन्छ। सबैभन्दध धेरै भोट पाउनेले पपुलर च्वासको उपाधि जित्नेछन् भने धेरै भोट पाउनेहरु सिधै टप १० मा इन्ट्री पाउनेछिन्।

निश्मा चौधरी मिस नेपालमा, निश्माबारे थाहा पाउनुस्

Miss Nepa, Nishma Chaudhary 01

मिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्।

Miss Nepa, Nishma Chaudhary 09

निश्मा साइक्लोजी विषय लिएर स्नातक दोस्रो वर्षमा पढ्दैछिन्। मिस नेपाल आफ्नो लागि ठूलो पल्याटफर्म भएको निश्माले बताइन्। मिस नेपालमा आएर आफ्नो क्षमता प्रस्तुत गर्नुका साथै यहाँबाट धेरै कुरा सिकिरहेको उनले बताइन्। उनले मिस नेपालको उपाधिले धेरै कुराको महत्व राख्ने भएकाले जित्ने कोसिस रहने बताइन्। यद्यपि ताज जित्‍न नसके पनि आफ्नो पढाइ र करियरलाई निरन्तरता दिने सोँच उनले बनाएकी छन्।

Miss Nepa, Nishma Chaudhary 02

द हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपालको यो २०औं संस्करण हो। निश्मासँगै यसपटक मेधा कोइराला, रेबिका क्षेत्री, सृष्टि भट्टराई, पूजा श्रेष्ठ, प्रियारानी लामा, सुजाता खनाल, रिता केसी, सोनु थापा मगर, अनु खड्का, सुदिपा पाठक, दिव्यता वैद्य, प्रशंसा पराजुली, इभाना मानन्धर, दुर्गा गुरुङ, एसिना पौडेल, कृपा न्यौपाने, स्नेहा पौड्याल र नुनिङ लिम्बुले सहभागिता जनाएका छन्। यसपटक मिस नेपालमा काठमाडौंबाहेक ललितपुर, तनँहु, सिराहा, रुपन्देही, कास्की, झापा, चितवन, सुनसरी र ललितपुरका सहभागीले प्रतिस्पर्धा गर्दैछन्।

कोरियोग्राफर रचना गुरुङ शर्मा र माल्भिका सुब्बाले प्रतियोगीहरुलाई कुपण्डोलस्थित द हिडन ट्रेजरमा प्रशिक्षण दिइरहेका छन्। ‘हरेक पटक नयाँ शैलीले प्रशिक्षण दिने प्रयास गर्छु। मैले पनि सिक्ने मौका पाएको छु,’ कोरियोग्राफर रचना शर्माले भनिन्। आगामी वैशाख ४ मा अन्नपूर्ण होटलमा अन्तिम प्रतिस्पर्धा हुँदैछ। पूर्व मिस नेपालहरु स्वेता सिंह, माल्भिका सुब्बा, प्रिती सिटौला, सदीक्षा श्रेष्ठ, मलिना जोशी, सृष्टि श्रेष्ठ, इशानी श्रेष्ठ र सुविना लिम्बुलगायतले सहभागिहरुलाई प्रशिक्षण दिइरहेका छन्।

Miss Nepa, Nishma Chaudhary 03

विजेताले एक लाख र डब्लुडब्लुएफको सद्भावना दूत हुनेछिन्। त्यस्तै दोस्रोले ६० र तेस्रोले ४० हजार पाउँनेछन्। मिस नेपालअन्तर्गत ट्यालेन्ट राउन्ड आगामी चैत २३ मा रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ। ‘यसपटकको मिस नेपालको लागि राजधानीबाहेक विभिन्न स्थानमा अडिसन गरेका थियौं। त्यसैले मिस नेपालमा सहभागी भएका प्रतिनिधित्वमा विविधता भेट्न सकिन्छ। हामीले सहभागिलाई व्यक्तित्व विकासलगायतका विभिन्न प्रशिक्षणहरु प्रदान गरिरहेका छौं,’ आयोजककी सुवर्ण क्षेत्रीले भने।

कसले गर्दै छ तपाईंको फोनको जासुसी ? यसरी थाहा पाउनुहोस् – See more at: http://www.dipendrachaudhary.wordpress.com

तपाईंले गोप्य भनेर गरिरहेको फोन कसैले सुनिरहेको वा म्यासेज कसैले पढिरहेको हुनसक्छ । हालै केही मोबाइल सुरक्षा एजेन्सीहरुले इन्टरनेशनल मोबाइल सब्सक्राइबर्स आइडेन्टीटी (आईएमएसआई) क्याचर्समार्फत् ह्याकरहरुले यसरी ब्यक्तिगत फोन सुन्ने र म्यासेज पढ्ने र प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा गरेको थियो ।

यस्तो सुरक्षा खतरा खासगरि एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने फोनहरुमा बढि हुने गरेको पाइएको छ । जसले गर्दा एन्ड्रोइड फोन प्रयोगकर्ता खासगरि उच्च अहोदाका कर्पोरेट हाउस र सुरक्षा निकायका अधिकारीका मोबाइल सम्बाद लिक हुने खतरा बढेको छ ।

तर, हालै यस्तो सुरक्षा एप सार्वजनिक भएको छ जसले तपाईको फोन कसैले जासुसी गरिरहेकेा भए तत्कालै जानकारी दिन्छ ।

सेक्युरिटी रिसर्च ल्याबले निर्माण गरेको स्नूपस्निच नामक यो मोबाइल एपले फोन प्रयोगकर्ताको लोकेसन लगायतका सूचना गोप्य राख्दै ह्याकर्सहरुलाई फोनमा पहुँच पुर्‍याउन रोक्छ ।

साथै, कुनै ह्याकरले फोन सुनिरहेको वा म्यासेजमा पहुँच पुर्‍याउन खोजेमा त्यस्तो कोसिसको जानकारी पनि फोन प्रयोगकर्तालाई दिन्छ ।

तत्कालका लागि एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध यो एप्सले क्वालकम प्रोसेसर प्रयोग गर्ने सेटमा मात्र काम गर्छ । हाल सोनी, सामसुङ लगायतका एन्ड्रोइड फोनले मात्र क्वालकम प्रोसेसर प्रयोग गर्छन् ।

एप सार्वजनिक भएको केही दिनमै एक लाखभन्दा धेरैले डाउनलोड गरिसकेका छन् । -इण्डो एशियन न्यूज सर्भिस

jasusi

सार्कमा चीनको उपस्थिति चीन जस्तो उदाउँदो महाशक्ति राष्ट्रको बलियो उपस्थिति आवश्यक छ

चीन जस्तो उदाउँदो महाशक्ति राष्ट्रको बलियो उपस्थिति आवश्यक छ 
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौं शिखर सम्मेलन रोचक बनेको छ। दक्षिण एसियाका राष्ट्रहरूबीच सहयोग वृद्धि गर्ने उद्देश्य बोकेको संगठन यसबेला भारत र चीनप्रति लक्षित भएर शिखर सम्मेलनको मूल एजेन्डा नै ओझेलमा परेको छ।
चीनको चाहना : पूर्ण सदस्य 
सार्कको काठमाडौं शिखर सम्मेलन मोदीमय बनाइएका बेला चीनको सन्दर्भ अप्रत्याशित रूपमा आएको छ। सन् २००५ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेह्रौं शिखरमा चीनलाई पर्यवेक्षकका रूपमा सार्कमा प्रवेश गराइएको हो। यो अवधिमा उसले सक्नेजति भूमिका निर्वाह सार्कमा गरेको पनि छ।
चीन यो क्षेत्रीय संगठनमा अझ प्रभावकारी भूमिकामा आउन खोजेको छ। औपचारिक रूपमा सरकारी तहबाट कुनै प्रस्ताव गरिएको छैन, तर सार्कको पूर्ण सदस्यसम्मको भूमिकामा चीन आउन चाहेको जानकारी बौद्धिक व्यक्ति तथा सञ्चारमाध्यमबाट बाहिर ल्याएको छ बेइजिङले।
गत साता एउटा नेपाली अखबारले एकजना चिनियाँ विशेषज्ञलाई उद्धृत गर्दै चीन सार्कको पूर्ण सदस्यका रूपमा आउन चाहेको लेख्यो। लगत्तै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले नेपाली परराष्ट्रमन्त्रीलगायत केही दलका नेता र विदेश नीति विशेषज्ञको ‘कोट’ सहित राखेर चीनको उक्त चाहनालाई अझ अघि बढायो। शिखर बैठक सुरु हुनु दुई दिनअघि यो दबाब झन् बढाउँदै बेइजिङका एक विशेषज्ञमार्फत नेपालबाट सञ्चालित एक अन्तर्राष्ट्रिय रेडियोमा चीनको सोही चाहना उठाइयो।
यसरी बेइजिङबाट दक्षिण एसिया क्षेत्रमा औपचारिक रूपमै प्रभावकारी ‘रणनीतिक साझेदार’ बन्‍ने चाहना आएसँगै मोदीमय बनाइएको सार्क भेला चीनमय बन्न पुगेको हो। सार्कका आठमध्ये पाँच सदस्य राष्ट्रसँग सीमा जोडिएकाले पनि आफू स्वाभाविक रूपमा सार्कको पूर्ण सदस्य बन्नुपर्ने धारण चीनले प्रवाह गरेको छ।
कूटनीतिक दूरदृष्टि 
भारतीयहरूले ‘भारतीय उपमहाद्वीप’ भन्‍ने गरेको दक्षिण एसियाको यो संगठनमा चीन पहिलो पर्यवेक्षक बन्यो सन् २००५ मा। यस क्षेत्रको विकासका लागि चीनलाई पनि सँगै लिएर हिँड्नुपर्छ भन्दै नेपालले ढाका सम्मेलनमा चीनलाई सार्कमा ल्याउने प्रस्ताव गर्‍यो। भारतले अफगानिस्तानलाई सार्कको आठौं सदस्यका रूपमा सार्कमा भित्र्याउने प्रस्तावसँगै नेपालका तर्फबाट पर्यवेक्षकका रूपमा चीनलाई अघि सारिएको थियो।
नेपालको शासन सत्ता आफ्नो हातमा रहेका बेला राजा ज्ञानेन्द्रले परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेमार्फत अघि सारेको सो प्रस्तावले भारत रिसाएको चर्चा चलेको थियो त्यसबेला। दक्षिण एसिया क्षेत्रमा आफ्नो इच्छाविपरीत कसैले केही गर्न पाउँदैन भन्ने दम्भ राख्ने भारतले चीनलाई सार्कमा छिराएकै कारण राजा ज्ञानेन्द्रलाई ‘सजाय’ दिएको व्याख्यासमेत गरियो एक कोणबाट, नेपालमा ‘लोकतान्त्रिक गणतन्त्र’ स्थापना गराएर।
स्थापना भएको २९ वर्षसम्म ठोस र अनुभूत गर्न सकिने उपलब्धि हासिल गर्न नसकेको सार्कमा चीनको भूमिका अझ प्रभावकारी बनाउन सकेको खण्डमा सार्कलाई फाइदै हुनेछ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र प्रविधिको उपलब्धताका कारण पनि चीनबाट दक्षिण एसियाले फाइदा लिन सक्छ, विकास क्षेत्रमा।
यस क्षेत्रका राष्ट्रहरूबीच कायम अविश्वासको वातावरण कम गर्दै आपसी सहयोग विस्तार गर्न पनि चीनको उपस्थितिले मद्दत गर्न सक्छ। दक्षिण एसिया भनेको मेरो मात्र जमिनदारी हो भनेजसरी भारतले यस क्षेत्रका साना राष्ट्रहरूप्रति गरिराखेको व्यवहारलाई सन्तुलन गर्न पनि चीन जस्तो उदाउँदो महाशक्ति राष्ट्रको बलियो उपस्थिति आवश्यक छ।
पर्यवेक्षकको हैसियतबाट स्तरोन्नति भई सार्कको पूर्ण सदस्य बन्ने, त्यो अहिल्यै सम्भव नभए सार्क + १ को अवधारणाअनुरूप नै भए पनि यो क्षेत्रीय संगठनमा आउने चीनको चाहना बाहिर आएको छ। दक्षिण एसियाको अहिलेको आर्थिक, मानवीय र सामाजिक विकास, राजनीतिक तथा शक्ति सन्तुलनका लागि भइराखेको प्रतिस्पर्धालगायतका लागिसमेत चीन यहाँ आउनु उपयुक्त हुनेछ।
पर्यवेक्षकबाट सार्क + हुँदै पूर्ण सदस्य बन्ने प्रयासमा चीन लाग्ने अहिलेको यो वातावरण नेपालले त्यसबेला लिएको कूटनीतिक दूरदृष्टिको परिणाम हो। भारतसँग ‘जोरी’ खोजेरै पनि र भारतका तर्फबाट नेपालको राजसंस्थासमेत धरापमा पर्ने जोखिमको पूर्वानुमान हुँदाहुँदै पनि राजा ज्ञानेन्द्रले ढाका शिखरमा ‘अफगानिस्तानलाई सार्कको सदस्य बनाउने भारतीय प्रस्तावप्रति समर्थन जनाउने’ बार्गेनिङअन्तर्गत चीनलाई सार्कमा ल्याएका हुन्। सन् २००५ मा ढाकामा भारतसँग खोजेको त्यही ‘जोरी’ एउटा कारण बन्न पुग्यो नेपालमा गणतन्त्र स्थापना गराउनमा।
बेइजिङले ‘सार्कमा मलाई पूर्ण सदस्यता चाहियो’ भनेर परोक्षरूपमा बोल्नासाथ नेपालका लोकतान्त्रिक गणतन्त्रवादी शासक वर्गमा र चर्चित विशेषज्ञहरूबीच देखापरेको मतभिन्‍नताले यहाँ चीनको प्रभाव स्पष्ट पारिसक्यो। ‘आउट सोर्सिङ’ र ‘प्रोजेक्ट ड्राइभिङ’ जस्ता पुरातन रणनीतिले अब नेपालमा मात्र होइन, दक्षिण एसियाका कुनै पनि मुलुकमा कूटनीति चल्नेवाला छैन। 
२००५ देखिका यी नौ वर्षमा चीनको उपस्थिति दक्षिण एसियामा व्यापक हुँदै गएको छ भनेर स्वयं भारतीयहरू नै भनिराखेका छन्। ‘चाइनिज इनरोड्स टु नेपाल’ भनेर ‘चिन्ता’ व्यक्त गर्ने भारतीयले चीनलाई सार्कको पूर्ण सदस्य बनाउनु हुँदैन भनेर सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा सेमीनार नै गरे।
केही नेपाली विशेषज्ञहरू उभ्याएर चीनको प्रस्तावको व्यापक विरोधसमेत गराइँदैछ। तर यी सेमीनार तथा प्रचारका क्रममा पनि केही स्थापित नेपाली विद्वान्ले चीनलाई सार्कमा अझ प्रभावकारी भूमिकामा ल्याउनुपर्छ भन्ने आवाज उठाएका छन्।
यसबाट के प्रस्ट हुन्छ भने चीनले सरकारी स्तरबाट केही नबोली ‘विशेषज्ञ’ र सञ्चारमाध्यमबाट मात्र ‘चासो’ देखाउँदासमेत दक्षिण एसियामा कत्तिको चिन्ता बढ्दो रहेछ। यो अवस्था सिर्जना गरेका हुन् राजा ज्ञानेन्द्रले।
राजगद्दी र आफ्नो सुखसुविधा र निजी स्वार्थ हेरेर भारतीय दबाबका अगाडि झुकेका भए सायद ज्ञानेन्द्र यसबेला पनि नेपालका ‘महाराजाधिराज’ नै रहने थिए। तर त्यसले सुदूर भविष्यमा नेपालका साथै दक्षिण एसियाको हित हुने थिएन भन्ने बुझेरै ज्ञानेन्द्रले आफ्नो र राजसंस्थाको भन्दा राष्ट्रको हितलाई माथि राखेर काम गरे। यसका लागि विवेकशील नेपाली मात्र होइन, बाँकी दक्षिण एसियाका सबै नागरिकले राजा ज्ञानेन्द्रलाई धन्यवाद दिनैपर्छ।
रोकिएला चीन? 
राजा ज्ञानेन्द्र दृढताका साथ चीनलाई सार्कको पर्यवेक्षक बनाउन लागिनपरेका भए के हुन्थ्यो? प्रस्ट छ, चीन पर्यवेक्षकसम्म पनि हुँदैनथ्यो यसबेला सार्कमा। अनि पूर्ण सदस्य वा सार्कको अवधारणा जस्ता कुरा निकै टाढाका विषय बन्ने थिए। ज्ञानेन्द्रको आफैंलाई जोखिममा पार्ने कदमले चीनलाई सार्कमा ल्याउन मद्दत गरेको हो भन्नेमा शंका छैन।
ज्ञानेन्द्रको कूटनीतिक दूरदृष्टिको लाभ चीनलाई भयो, तर बेइजिङले नेपाली राजनीतिप्रति लिएको ‘हेर्ने तर केही नगर्ने’ नीतिले नेपाललाई मात्र होइन, स्वयं चीनलाई समेत नकारात्मक असर पारेको छ। त्यसैले चीनले नेपाली राजनीतिप्रति ८ वर्षअघि लिएको नीतिमा पुनर्विचार गर्नु उसैका लागि पनि उचित हुनेछ।
नेपालको दुर्भाग्य, ज्ञानेन्द्र जस्तो कूटनीतिमा दूरदृष्टि राख्ने शासक नेपालले गुमायो र विदेशीको इशारामा मुलुकलाई रसातलमा पु:याउने स्वार्थीहरूका हातमा नेपालको शासन छ, विगत आठ वर्षयता। सार्क क्षेत्रका अन्य राष्ट्रको अवस्था पनि सार्कका सन्दर्भमा त्यति दृढ देखिएको छैन, पाकिस्तानले भारतसँग दुस्मनीको व्यवहार गर्नेबाहेक।
यस्तो राजनीतिक र कूटनीतिक सन्दर्भमा चीनको उपस्थिति सार्क क्षेत्रभित्र कस्तो रहला आगामी दिनमा?
भारतको दबदबा रहेको सार्कमा चीनले चाहेजस्तो ‘बढुवा’ हुने सम्भावना कम्तीमा केही वर्षलाई छैन। तर चीन सार्क क्षेत्रका राष्ट्रमा आफ्नो प्रभाव र उपस्थिति बढाउन पछि पर्ने देखिन्न, निश्चय पनि। पर्यवेक्षकका रूपमा सार्कमा प्रवेश गरेपछिका वर्षमा चीन ‘अन्य’ तरिकाले नै व्यापक रूपमा दक्षिण एसियामा पसिसकेको छ। र उसले आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेको छ।
श्रीलंकाको तीन दशकको गृहयुद्ध टुंग्याउन बेइजिङले ‘फरक’ ढंगले खेलेको भूमिका, पाकिस्तानमा उसको बढ्दो संलग्नता, नेपाल, बंगलादेश, भुटान, म्यानमारलगायतमा चीनको सफल कूटनीतिलाई परम्परागत ‘प्रभाव क्षेत्र’ ठान्नेले चुनौती दिन सकेको छैन र त्यसो गर्नसक्ने सम्भावना पनि घट्दै गएको छ।
‘पाकिस्तान हाम्रो इजरायल हो’ सम्म भन्‍न भ्याइसके चिनियाँ विशेषज्ञले। स्ट्रिङ अफ पल्र्स रणनीतिअन्तर्गत चीनले भारतलाई घेर्दैछ भनेर भारतीयहरू नै भनिराखेका छन्।
यो पृष्ठभूमिमा, भारतका शासकले, खासगरी आफ्ना छिमेकीप्रति, विगतमा अपनाएका नीतिमा गल्ती-कमजोरी भए भन्ने स्वीकारेर ‘धरातलीय यथार्थ’ बुझेर साझेदारी, सहयोग, आपसी सम्मानको नीति अपनाउनु उपयुक्त हुन्छ।
बेइजिङले ‘सार्कमा मलाई पूर्ण सदस्यता चाहियो’ भनेर परोक्षरूपमा बोल्नासाथ नेपालका लोकतान्त्रिक गणतन्त्रवादी शासक वर्गमा र चर्चित विशेषज्ञहरूबीच देखापरेको मतभिन्नताले नेपालमा चीनको प्रभाव स्पष्ट पारिसक्यो। ‘आउट सोर्सिङ’ र ‘प्रोजेक्ट ड्राइभिङ’ जस्ता पुरातन रणनीतिले अब नेपालमा मात्र होइन, दक्षिण एसियाका कुनै पनि मुलुकमा कूटनीति चल्नेवाला छैन।
‘इन्डियन ओसन इज नट इन्डियन ओसन’ भन्दै चीन दक्षिण एसियामा मात्र होइन, प्यासिफिक टापु देशहरू हुँदै अफ्रिका र दक्षिण अमेरिकासम्म आफ्नो उपस्थिति दरो बनाउँदैछ।
यी सबै पृष्ठभूमि र यथार्थ बुझेर कूटनीति र नीति सञ्चालन गरे मात्र दक्षिण एसियाका राष्ट्र र तिनका नागरिकको दीर्घकालीन हित सम्भव छ। र सार्क पनि साँच्चिकै सहयोग तथा विकासको वाहक बन्‍न सक्नेछ।

– See more at: http://annapurnapost.com/News.aspx/story/3139#sthash.qAMOnQHD.dpuf

भावना साभार दिपेन्द्र चौधरीके अटो से

साभार दिपेन्द्र चौधरीके अटो से

साभार दिपेन्द्र चौधरीके अटो से

कैसिन अभागी फुला मै

फुलारियामे फुल्न करमै नाई

डगरा भुलाइल यात्री हु मै

कोइ डगर देखुइया मनै नाई

सिसा फुटके केचर मेचर हुइ गिल

जोडे मै सेक्नु नाई

नेग नेग के थक गिनु

{पुग्न ठाउँ पैनु नाई } २

भुवन कुमारी चौधरी

बौनियाँ ८ कुमारी बाघ कैलाली

साभार दिपेन्द्र चौधरीके अटो से

१.

जोन्हिया साथ नाई देहल कहना कहाँ हो?

अन्धरियासे रात छोप गिल तबे मारे !!

मनरख्नी मोर साथ नाई देहल कहना कहाँ हो ?

हाथ पक्रे नाई जान्नु तबे मारे !!!!

२.

मैया काहे कर्ना मनरख्नीहे

मैया करबो तो भोज फे हुइ सेकथ

कर्ना बा कहलेसे करो मैया निस्ठुरीहे

जौन काँटा बन्के बेर बेर घोच देहथ

३.

नुक नुक के हेर्थो तो का हुइल

मिठ मुस्कान तो नाई देठो

दुरे दुरे सुन्थु तो का हुइल

एक पन्नामे लव लेटर तो नाई देठो

सुरेन्द्र चौधरी

बौनियाँ ८ कुमारी बाघ कैलाली

मुक्तक

हाँस हाँसके बिदा देउ प्यारी

मै रोज रोइक पर्लेसे फेन

कहु भेटैम तो बोल देहो प्यारी

बिछोड हुके वैठले से फेन

फुलाक रस फुलैमे

पट्टामे नाई रहथ

बिछोड के पीरा मुटुमे

आँखीमे नाई रहथ !!!

रचना मिति :- २०६३-७-२१

भागी राम चौधरी

बौनियाँ ८ कुमारी बाघ कैलाली

साभार दिपेन्द्र चौधरीके अटो से